अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको विशेष सैन्य कारबाही ‘अनुचित’ भएकाे बताएका छन् ।
आफ्नो सम्बोधनमा क्रममा उनले भने, ‘राष्ट्रपति पुटिनले पहिलादेखि नै तयार भएकाे युद्धकाे छनोट गरेका छन् जसले मानिसहरूलाई मार्नेछ र मानव त्रासदी निम्त्याउनेछ ।’
रुसी राष्ट्रपतिको घोषणाको प्रतिक्रिया दिँदै बाइडेनले भने, ‘पूरा विश्वको प्रार्थना युक्रेनका जनतासँग छ ।’
राष्ट्रपति बाइडेनले युद्धकाे विनाशकाे जिम्मेवार रुस एक्लै हुने पनि बताए ।
‘यस युद्धबाट हुने मृत्यु र विनाशको लागि रुस एक्लै जिम्मेवार हुनेछ’, उनले भने ।
राष्ट्रपति बाइडेनले अमेरिका र उसका सहयोगीहरू एकजुट भएर यस हमलालाई निर्णायक रूपमा जवाफ दिने चेतावनी पनि दिएका छन् ।
उनले आज जी-७ का सदस्य राष्ट्रहरूसँग बैठक बस्ने र त्यसपछि मात्र रुसका सम्बन्धमा थप कदम चाल्ने जानकारी दिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।