एमसिसीकाे विराेधमा विद्यार्थीहरूले गरे अमेरिकी राष्ट्रपतिको पुत्ला दहन

त्रियुगा जनता बहुमुखी क्याम्पस मोतिगडाका विद्यार्थीहरूले बिहानैदेखि एमसिसीको विरोधमा उदयपुर सदरमुकाम गाईघाटमा प्रदर्शन गर्दै अमेरिकी राष्ट्रपति जाे बाइडेनको पुतला दहन गरेका छन् । 

प्रदर्शनकारीहरूले मुख्य सडक अवरुद्ध पार्दै एमसिसी खारेजीको माग राखेका छन् । विद्यार्थी पोशाकमै सडकमा ओर्लिएका प्रदर्शनकारीहरू सयौंका संख्यामा छन् । उनीहरूले गाईघाटको मुख्य सडकमा प्रदर्शन जारी राखेका छन् ।

त्रियुगा जनता बहुमुखी क्याम्पस मोतिगडाबाट प्रर्दशन गर्दै गाईघाट बजार परिक्रमापछि मेन चोकमा कोण सभापछि राष्ट्रपति बाइडेनको पुत्ला दहन गरेका हुन् ।  पुत्ला दहनपछि विद्यार्थीहरूले जिल्ला प्रशासन कार्यालय उदयपुरमा ज्ञापन पत्र बुझाएका छन् ।  

अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)विरुद्ध ६ राजनीतिक दलहरूले गरेको नेपाल बन्दको असर गाईघाट बजार पूर्ण रूपमा परेको छ । 
 





  • प्रकाशित मिति : फागुन १२, २०७८ बिहीबार ११:५३:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया