ए डिभिजन लिग : च्यासललाई हराउँदै सातदोबाटो तेस्रो स्थानमा
फरकधार / १२ फागुन, २०७८

सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत बिहीबार भएकाे आफ्नो अन्तिम खेलमा सातदोबाटो युथ क्लब विजयी भएकाे छ ।



सातदोबाटोले एन्फा कम्प्लेक्समा रेलिगेसनमा परिसकेकाे च्यासल युथ क्लबमाथि १-० काे कठिन जित हात पारेकाे हाे ।

खेलकाे साताैं मिनेटमा मार्टिन्स अजयीले गरेकाे एक मात्र गाेल सातदोबाटाेकाे जितमा निर्णायक बन्याे। 



याे जितसँगै लिगकाे सुखद् अन्त्य गरेकाे सातदाेबाटाे १३ खेलमा २१ अंक जाेडेर तेस्रो स्थानमा उक्लिएकाे छ ।



हारका साथ लिगकाे अन्त्य गरेकाे च्यासल १३ खेलमा ६ अंक जाेड्दै पुछरमा रह्याे ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएकाे खेलमा हियालयन शेर्पा र फ्रेन्ड्स क्लबले १-१काे बराबरी खेलेका छन् ।

  • प्रकाशित मिति : फागुन १२, २०७८ बिहीबार १५:१०:५३,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया