छैटौं राष्ट्रिय थारु सम्मेलन कञ्चनपुरमा सुरु

नेपालमा रहेका थारु लेखक, साहित्यकारहरूको कञ्चनपुरमा जमघट भएको छ । जिल्लाको कृष्णपुर नगरपालिका-६ सिंहपुरमा बिहीबारदेखि सुरु भएको छैटौं राष्ट्रिय थारु सम्मेलनमा देशैभरिका थारु साहित्यकार, लेखकहरूको जमघट भएको हो ।

थारु भाषा, साहित्य, संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यका साथ आयोजना गरिएको सम्मेलनको कृष्णपुर नगरपालिकाका प्रमुख कर्णबहादुर हमालले सम्मेलनको उद्घाटन गरे ।

सम्मेलन उद्घाटन अवसरमा चारवटा कृतिसमेत विमोचन गरिएको छ । उद्घाटन अवसरमा सांस्कृतिक झाँकी पनि प्रस्तुत गरिएको थियो ।

थारु लेखक संघ र थारु कल्याणकारिणी सभा कञ्चनपुरले संयुक्त रूपमा आयोजना गरेको सम्मेलन तीन दिनसम्म चल्नेछ । सम्मेलनमा नेपालभरिका थारु लेखक, साहित्यकारहरूको सहभागिता रहेको थारु लेखक संघका सचिव सत्य दहितले जानकारी दिए ।  

सम्मेलनमा थारु साहित्यकार एवम् पत्रकार डा. कृष्णराज सर्वहारी, थारु साहित्यकार सुशील चौधरी, अधिवक्ता गीता चौधरी, साहित्यकार छविलाल कोपिला, मानबहादुर चौधरी ‘पन्ना’ लगायतको सहभागिता रहेको छ ।

यसैगरी, सम्मेलनमा हुने समूह छलफलमा विभिन्न स्थानीय तहका प्रमुख/उप्रमुख, राना थारु समुदायका अगुवा जीवन राना, कृपाराम राना, लेखिका शिवानीसिंह थारु, सुदूरपश्चिम साहित्य समाजका अध्यक्ष रामलाल जोशी लगायत सहभागी रहने छ ।



थारु भाषा तथा साहित्य उत्थान मञ्च (गोचाली परिवार) सह-आयोजक रहेको सम्मेलनमा विभिन्न व्यक्तिद्वारा लिखित पुस्तक, कृतिहरु प्रददर्शनीका लागि राखिएको छ ।

नेपालमा केही वर्षदेखि राष्ट्रिय थारु सम्मेलन हुँदै आएको छ । पहिलो सम्मेलन दाङको घोराही, दोस्रो कैलालीको पटेला, तेस्रो बर्दिया, चौथो कपिलवस्तु र पाँचौ थारु साहित्य सम्मेलन सुर्खेतमा भएको थियो ।



२०७६ मा भने विराटनगरमा आयोजना गर्ने भनिएको राष्ट्रिय थारु साहित्य सम्मेलन आयोजना हुन सकेन ।

  • प्रकाशित मिति : फागुन १२, २०७८ बिहीबार १६:४:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया