ललितपुर मेयर च्याम्पियनसिप: प्रदेश-१ काे सहज जित

ललितपुर मेयर महिला टी-२० च्याम्पियनसिप अन्तर्गत बिहीबारकाे खेलमा प्रदेश-१ विजयी भएकाे छ । प्रतियाेगितामा पहिलाे जित निकालेकाे प्रदेश-१ ले लुम्बिनी प्रदेशमाथि ९ विकेटकाे सहज जित हात पारेकाे हाे ।

८० रनकाे लक्ष्य प्रदेश-१ ले १५.४ ओभरमा मात्र  १ विकेट गुमाउँदै भेट्टायाे । उसका लागि कप्तान रूविना क्षेत्रीले अविजित ४८ रनकाे याेगदान दिईन् । ४९ बलकाे सामना गरेकि उनले ७ चाैका प्रहार गरिन् ।

काजल श्रेष्ठले २० रन जाेड्दा अप्सरी बेगम ९ रनमा अविजित रहिन् । लुम्बिनीका लागि एक मात्रा विकेट कृतिका मरासिनीले हात पारिन् ।

यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ राेजेकाे लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट  गुमाउँदै ७९ रन बनाएकाे थियाे ।


लुम्बिनीका लागि नेरी थापाले ३१ र लक्ष्मी  चाैधरीले २३ रनकाे याेगदान दिँदा अन्य ब्याटरले दाेहाेराे अंकमा रन जाेड्न सकेनन् ।

प्रदेश-१ का लागि सवनम राईले तीन तथा रूविना क्षेत्री र हेरमायी राेयले एक-एक विकेट हात पार्दा एक विकेट रन आउटका रूपमा प्राप्त भयाे ।



याे जितसँगै प्रदेश-१ ले दुई खेलमा दुई अंक जाेड्दा पहिलाे पराजय बेहाेरेकाे लुम्बिनीकाे पनि समान खेलबाट समान अंक छ ।

पहिलाे खेलमा प्रदेश-१ ले एपीएफसँग ६ विकेटकाे पराजय बेहाेर्दा लुम्बिनीले ललितछ मेयर-११ लाई २ रनले हराएकाे थियाे ।



  • प्रकाशित मिति : फागुन १२, २०७८ बिहीबार १६:१०:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया