एमाले नेतासँग भेटेपछि गगन : एमसिसीले गठबन्धन धरापमा, जुनसुकै बेला फुट्न सक्छ
फाइल तस्वीर

कांग्रेस महामन्त्री गगन थापाले एमसिसीका कारण सत्तारुढ गठबन्धन धरापमा परेको र जुनसुकै बेला फुट्न सक्ने बताएका छन् । 

नयाँबानेश्वरस्थित संसद भवनमा प्रमुख प्रतिपक्षी दल एमाले संसदीय दलका अध्यक्ष केपी ओलीको कार्यकक्षमा बिहीबार कांग्रेस र एमालेका शीर्ष नेताहरूबीचको भेटवार्तापछि महामन्त्री थापाले एमसिसी सदनबाट अनुमोदन गर्ने विषयले गठबन्धन धरापमा परेको बताएका हुन् । 

एमसिसीका विषयमा गठबन्धनभित्र सहमति नपुग्ने निष्कर्षमा पुगेको भन्दै उनले भने, ‘एमसिसीमा गठबन्धनको दलहरू एक ठाउँमा उभिन नसक्ने भएपछि थप छलफल गरिराख्नु परेन ।  जस कारण  गठबन्धन धरापमा परिसक्यो ।’

सो छलफलमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र कांग्रेस महामन्त्री गगनकुमार थापा र एमाले संसदीय दलका नेता तथा अध्यक्ष ओली, उपनेता सुवास नेम्वाङ र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल सहभागी थिए । 

सो बैठकमा प्रधानमन्त्री देउवाले संसदको गतिरोध अन्त्य गर्न, एमसिसी अनुमोदन गर्न सहयोग गर्न एमाले नेतासँग आग्रह गरेका महामन्त्री थापाले जानकारी दिए । 

बिहीबार साँझ प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच  प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता हुने कार्यक्रम रहेको उनले जानकारी दिए । 





  • प्रकाशित मिति : फागुन १२, २०७८ बिहीबार १७:४४:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया