एमसिसीका कारण सरकारमा बस्न नसक्ने अवस्था आयो : माधव नेपाल

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी सरकारबाट बाहिरिने खुलासा गरेका छन् ।
बिहीबार धनगढीमा नेकपा एसनिकट अखिल महिला संघ र युवा संघ नेपाल सुदूरपश्चिम प्रथम भेलाको कार्यक्रम उद्घाटन गर्न आएका अध्यक्ष नेपालले एमसिसी पास गर्नेगरी सत्तामा बस्न नसकिने जानकारी दिए । 

अध्यक्ष नेपालले एमसिसीका कारण गठबन्धनमा समस्या उत्पन्न भएको र यो गठबन्धन रहने नसक्ने बताए । एमसिसी नेपालको हितमा नभएकाले आफ्नो पार्टी केही बुँदा सच्याउनुपर्ने पक्षमा रहेको नेपालले बताए ।

नेपालले एमाले अध्यक्ष केपी ओलीले नै विभिन्न स्वार्थका लागि एमसिसी संसदमा पेस गरेको आरोप लगाए । एमसिसी सम्झौतालाई संसदमा लैजाने काम केपी ओली नेतृत्वको सरकारले नै गरेका कारण उनीहरूले देशलाई संकटमा लैजाने काम गरेको नेपालको भनाइ छ ।

देशभक्तिका नारा लाउँदै केपी ओली नै राष्ट्रघाती काममा सहभागी भएको र अहिले पनि एमसिसी पास गराउनमा अघि बढेको उनले बताए ।





  • प्रकाशित मिति : फागुन १२, २०७८ बिहीबार १८:४६:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया