धनुषा उपसभापतिमा निधि समूहका झाले उम्मेदवारी दिने

नेपाली कांग्रेसका नेता देवचन्द्र झा धनुषा जिल्ला उपसभापतिको उम्मेदवार बन्ने भएका छन् । उनी नेता विमलेन्द्र निधिको समूहबाट धनुषा जिल्लाको उपसभापतिको उम्मेदवार बन्ने निश्चित भएको हो । 

अधिवेशन मुखैमा आएपछि नेताहरूको दौडधूप एकाएक बढेको छ । सोही क्रममा आफू उपसभापतिको उम्मेदवार हुने नेता झाले बताए । 

झाले कांग्रेसलाई एक बनाउँदै पार्टीलाई मजबुत बनाउने लक्ष्यका साथ आफूले जिल्ला उपसभापतिमा उम्मेदवारी दिने बताए । उनले सामान्यतः माथिल्लो पदमा जानुपर्ने भए पनि पार्टीको फेदलाई बलियो बनाउने लक्ष्यका साथ जिल्ला उपसभापतिमा उम्मेदवारी दिने बताए ।

पार्टी सुदृढीकरणका लागि आफ्नो उम्मेदवारी रहेको झाले बताए । नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले यसमा कुनै गुट, उपगुट नभई अग्रजको सम्मान गर्दै युवालाई समेट्दै जिल्लामा पार्टीको संगठन बिस्तार गर्न आफ्नो उम्मेदवारी रहेको उनको भनाइ छ । 

पार्टीलाई थप मजबुत बनाउन उनको भूमिका प्रशंसायोग्य रहेको उनी निकट नेताहरू बताउँछन् । 

मधेस प्रदेशका ८ जिल्लालगायत देशभरका १६ जिल्लामा नेपाली कांग्रेसको अधिवेशन हुन बाँकी रहेको अवस्थामा २० फागुनमा अधिवेशन हुने भएको छ । 



धनुषा जिल्ला अधिवेशनमा करिव ४ हजार मतदाता रहेकाले यो अधिवेशन भव्य हुने देखिएको छ ।



  • प्रकाशित मिति : फागुन १२, २०७८ बिहीबार १८:५७:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया