नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सत्ता साझेदार दलको रूपमा रहेका नेकपा माओवादी केन्द्र र नेकपा समाजवादीलाई द्वैध चरित्र नदेखाउन आग्रह गरेका छन् ।
विभिन्न राजनीतिक दलहरूको गठबन्धन तत्कालीन राजनीतिक निकास र संविधानको रक्षाको निम्ति बनेको भए पनि राज्यको आवश्यकतासँगै समृद्धि विकासको मुद्दामा पनि एक ठाउँमा आउनुपर्ने बताए ।
बिहीबार महामन्त्री शर्माले सत्ता साझेदार भएर गठबन्धन बस्ने तर सरकारको प्रस्तावमा विमति राख्ने विषय नसुहाउने बताए ।
जनताको हितको विषयमा सत्ता पक्ष र विपक्षी दल एक ठाउँ आएर निकास निस्कन सक्ने वातावरण बन्ने अवस्थामा नेपाली कांग्रेसले गठबन्धन कुरेर नबस्ने पनि महामन्त्री शर्माले स्पष्ट पारे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।