पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेले एमसिसीका बारेमा कुनै निर्णय लिन नसकेको भन्दै कटाक्ष गरेका छन् । बिहीबार धनगढीमा आयोजित एक कार्यक्रलाई सम्बोधन गर्दै उनले एमसिसीमा एमाले न पोथी न भालेको अवस्थामा पुगेको बताए ।
युवा संघ नेपालको सुदूरपश्चिमस्तरीय भेलालाई धनगढीमा सम्बोधन गर्दै नेपालले भने, ‘न समर्थन न विरोध अनि अरूलाई भन्छ न भाले न पोथी । न भाले न पोथी आफैँ बन्न पुगेको छ । यो बामाले भाले हो कि पोथी हो पहिचानै हुन सकेको छैन ।’
नेपालले एमसिसीका सन्दर्भमा उत्पन्न समस्या वार्ताबाटै समाधान हुनुपर्नेमा जोड दिए । यथास्थितिमा एमसिसी सम्झौता पारित गर्न नसकिने पनि उनले प्रस्ट पारे ।
नेपालले एमसिसीका प्रत्येक धाराको आफूहरूले विश्लेषण गरेको उल्लेख गर्दै यथास्थितिमा यसलाई पारित गर्न नसक्ने बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।