जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दैछ । बालकुमारीस्थित केन्द्रीय कार्यालयमा बिहान ११ बजेदेखि सुरु हुने बैठकले अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) देखि स्थानीय तहको निर्वाचनसम्मको एजेन्डामा छलफल हुनेछ ।
‘आजको बैठकमा एमसिसी, स्थानीय तह निर्वाचन र पार्टीको विधान सम्मेलन गर्नेलगायत एजेन्डा तय भएका छन्,’ कार्यकारिणी सदस्य प्रशान्त सिंहले भने, ‘साथै, समसामयिक राजनीतिक विषयमा पनि छलफल हुनेछ ।’
उनका अनुसार पार्टी विभाजन भएपछि केन्द्रीय विभागदेखि अन्य संरचना तय नभएकाले सो बारेमा पनि छलफल हुनेछ । यसअघि तुल्सीलाल स्मृति प्रतिष्ठान, च्यासलमा हुने भनिएको बैठक अन्तिममा बालकुमारीस्थित केन्द्रीय कार्यालयमा हुन लागेको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।