एमसिसी जे भए पनि गठबन्धन कायम राख्ने सहमति छ : माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमसिसी पास/फेल जे भए पनि सत्ता गठबन्धन कायम राख्ने सहमति भएको बताएका छन् । ‘एमसिसी पास÷फेल जे भएपनि राष्ट्रिय राजनीतिमा सत्ता गठबन्धन एक ठाउँमा छ’, समाजवादी प्रेस संगठनले शुक्रबार धनगढीमा आयोजना गरेकाे पत्रकार सम्मेलनमा उनले भने ।

अध्यक्ष नेपालले कुनै पनि देशको सैन्य गठबन्धकको क्रियाकलापमा सहभागी हुन नसक्ने बताए । नेपालको भूमिबाट छिमेकी देशको असर पर्ने काममा आफ्नो दल नरहेको बताए । नेपाल असंलग्न परराष्ट्र नीतिप्रति प्रतिबद्ध उनको भनाइ छ ।

अध्यक्ष नेपालले यथास्थितिमा एमसिसी सम्झौता अनुमोदन गर्न नसकिने पार्टीले निर्णय गरेको उल्लेख गर्दै संसदमा एमसीसीबारे नीति अवलम्बन गर्ने विषयमा दलहरूबीच गम्भीर छलफल भइरहेको बताए ।

उनले पार्टीको सडक आन्दोलनको नीति नभए पनि भातृ संगठनहरू स्वतस्फूर्त रूपमा उत्रिएको पनि बताए ।





  • प्रकाशित मिति : फागुन १३, २०७८ शुक्रबार १३:४:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया