१५ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) २६ मार्च देखि २९ मेसम्म भारतको महाराष्ट्रमा हुने भएको छ ।
आइपिएलका खेल महाराष्ट्रका दुई सहर मुम्बई र पुणेका चार मैदानमा हुनेछन् ।
५५ खेल मुम्बईमा तथा १५ खेल पुणेमा खेलाइने छ । वान्खडे र डिवाई पाटिल स्टेडियममा समान २० तथा ब्राबोर्न स्टेडियम र महाराष्ट्र क्रिकेट एसोसियन मैदानमा १५-१५ खेल हुनेछन् ।
खेल तालिका भने केही दिनमा सार्वजनिक हुने क्रिकेटसम्बन्धी वेबसाइट क्रिकबजले जनाएको छ ।
मैदानमा सीमित संख्यामा दर्शकलाई प्रवेश अनुमति दिइने भएको छ । यस पटकको आइपिएलमा १० टोलीको सहभागिता छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।