गृहमन्त्रालयले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट कतारको दोहा उड्न लागेको नेपाल वायुसेवा निगमको विमानमा पासपोर्ट, भिसाविना नै एक व्यक्ति पुगेको घटनाका सम्बन्धमा छानबिन गर्न समिति गठन गरेको छ ।
विमानस्थल सुरक्षाको दृष्टिले अति नै संवेदनशील विषय भएकाले यसतर्फ मन्त्रालयको ध्यानाकर्षण भएको भन्दै गृहले शुक्रबार अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईको संयोजकत्वमा नौ सदस्यीय छानबिन समिति गठन गरेको हो ।
समितिलाई काम थालेको मितिदेखि सात दिनभित्र प्रतिवेदन पेस गर्न निर्देशन दिएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यही ९ फागुन सोमबार राति १०ः४५ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट कतारको दोहा उड्न लागेको नेपाल वायुसेवा निगमको विमानको बिजनेस क्लासमा पासपोर्ट, भिसाबिना नै रौतहटका १८ वर्षीय मोहम्मद शेख आलम पुगेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।