केपी ओलीसँग अनैतिक सम्झाैता नगर्न देउवालाई नेपालकाे आग्रह
फाइल फाेटाे

एमसिसी पास गर्न एमाले अध्यक्ष ओलीसँग अनैतिक सम्झाैता नगर्न नेपालले गरे देउवासँग आग्रह

सत्तारूढ दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमसिसी पास गर्ने नाममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग अनैतिक सम्झौता नगर्न प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन् ।

शुक्रबार संसद भवनबाहिर सञ्चारकर्मीहरूसँगको कुराकानीका क्रममा अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।

उनले नेकपा एमालेले एमसिसीमा आफ्नो पार्टीको सहयोग चाहिए सभामुख अग्निप्रसाद सापकोटा र आफ्नो पार्टीले कारबाही गरेका १४ जना सांसदहरूलाई बर्खास्त गर्नुपर्ने सर्त राखेकोमा दुःख व्यक्त गरे ।

अध्यक्ष नेपालले प्रधानमन्त्री देउवालाई हतारमा निर्णय नलिन र एमसिसीका केही प्रावधानहरू नसच्याएसम्म आफूहरू विपक्षमा रहने स्पष्ट पारेको पनि बताए ।

उनले भने, ‘अनेकौँ जटिलता देखा परेका छन् । मैले सूचना पाएसम्म विरुद्धमा मुभ गर्ने कोशिस भइरहेको छ । त्यो पनि सर्त राखेर मात्रै । त्यो पनि कुनै सर्त होइन, हाम्रा पार्टीका कार्यकर्ता, नेताहरूलाई सांसदबाट बर्खास्त गर्नुपर्ने, सभामुखलाई बर्खास्त गर्नुपर्ने, महाअभियोग लगाउनु पर्ने । यस्ता सर्त राखेर त्यसपछि मात्रै एमसिसीमा समर्थन गर्ने भन्ने कुराको प्रस्ताव केपी ओलीबाट आएको भन्ने कुराहरू छन् । यसले हामीलाई पनि चिन्तित बनाएको छ । मैले प्रधानमन्त्री शेरबहादुर देउवाजीलाई भनेको छु- हतारमा निर्णय नगर्नुस्, छलफल गर्नुस् र केपी ओलीसँग अनैतिक सम्झौता नगर्नुस् ।’



अध्यक्ष नेपालले नेकपा एमालेले एमसिसीको बारेमा स्पष्ट धारणा नराखेर अहिलेसम्म न पोथी न भालेको चाल देखाइरहेको आराेपसमेत लगाए ।



  • प्रकाशित मिति : फागुन १३, २०७८ शुक्रबार १६:०:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया