नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको विश्वास नगर्न अनुरोध गरेका छन् ।
धनगढीबाट काठमाडौं फर्किएका नेपाल प्रधानमन्त्री देउवा भेट्न बालुवाटार पुगेका थिए ।
भेटमा उनले एमसिसी पारित गर्ने वातावरण आफूले बनाउने र अहिले नै गठबन्धन तोड्न नहुने देउवालाई बताएका छन् । ‘ओलीलाई विश्वास गरेर गठबन्धन भत्काउने काम नगर्नू, उनले धोका दिन्छन्,’ नेपालको भनाइलाई बालुवाटार स्रोतले फरकधारसँग उद्धृत गरेको छ ।
नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रले एमसिसी पारित नगर्ने निर्णय गरेपछि देउवाले यसमा नेकपा एमालेको साथ छोडेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।