प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको छलफलमा अर्थमन्त्री जनार्दन शर्मा पनि मिसिएका छन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री देउवा र प्रचण्डबीच भइरहेको छलफलमा अर्थमन्त्री मिसिएका हुन् ।
बिहीबारको संसद्को कार्यसूचीमा अर्थमन्त्रीले एमसिसीमाथि छलफल गर्ने विषय समेटिएको थियो । त्यसको अघिल्लो दिन अर्थमन्त्री शर्मा पर्वत पुगेका थिए ।
उनी बिहीबार पनि त्यही नै थिए । शुक्रबारका लागि सारिएको संसद् बैठकको कार्यसूची पनि त्यही थियो ।
शुक्रबार फेरि सरकारको आग्रहमा सभामुख अग्नि सापकोटाले आइतबारसम्मका लागि संसद् बैठक स्थगित गरेका छन् ।
यता सत्ता गठबन्धनका शीर्ष नेताहरूले छलफललाई तीव्रता दिएका छन् ।
शुक्रबार एमसिसी र सत्ता गठबन्धनकलाई बचाइराख्न भन्दै प्रधामन्त्री देउवा, माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादी माधव नेपालबीच छलफल भइरहेको छ ।
उनीहरूले प्रधानमन्त्रीलाई छुट्टाछुट्टै भेटवार्ता समेत गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।