नेकपा 'एस'को बैठकमै नेपाललाई भेट्न प्रचण्ड सिंहदरबारमा, के भयो कुराकानी ?

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

शुक्रबार अपरान्ह अध्यक्षद्वय प्रचण्ड–नेपालबीच सिंहदरबारस्थित नेकपा (एकीकृत समाजवादी)को संसदीय दलको कार्यालयमा भेटवार्ता भएको हो ।

अध्यक्ष नेपाल आफ्नो पार्टीका मन्त्रीहरू तथा उपलब्ध सांसदसँग छलफल गरिरहेका बखत अध्यक्ष प्रचण्ड पुगेका थिए । भेटवार्ताको क्रममा वर्तमान राजनीतिक अन्यौलताको समाधान गर्ने विषयमा छलफल भएको एकीकृत समाजवादीका सचेतक जीवनराम श्रेष्ठले जानकारी दिए ।

गठबन्धनलाई कायम राख्ने र एमसिसीमा भएका राष्ट्रहित विरोधी दफालाई सच्याउन सकिन्छ कि भन्ने सम्बन्धमा नेताहरूबीच कुराकानी भइरहेको उनले बताए ।

सचेतक श्रेष्ठले भने, 'त्यसलाई विशुद्ध विकासको योजनाको रूपमा मात्र कसरी अगाडि बढाउन सक्छौँ भन्ने विषयमा हामी छलफलमा छौँ । त्यसका उपायहरू खोजी गर्दैछौँ । त्यही विषयमा हामी अनौपचारिक रूपमा विभिन्न ढंगबाट गठबन्धनका दलहरूका बीचमा छलफल अगाडि बढाइरहेका छौँ ।’

प्रमुख सचेतक श्रेष्ठले प्रमुख प्रतिपक्ष एमालेले देशलाई राजनीतिक अस्थिरतामा लैजाने षड्यन्त्र गरिरहेकाले अझै पनि त्यसका विरुद्धमा गठबन्धन आवश्यक रहेको बताए । गठबन्धनको आवश्यकता र महत्व उत्तिकै रहेकाले गठबन्धन कायम राखेर अगाडि बढ्नुपर्नेमा पार्टीको जोड रहेको उनले स्पष्ट पारे ।





  • प्रकाशित मिति : फागुन १३, २०७८ शुक्रबार १८:२८:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया