जसपा कार्यकारिणी बैठकमा एमसिसीदेखि विधान अधिवेशनसम्मका एजेन्डा
फाइल तस्वीर

एमसिसीसहित समसामयिक राजनीतिको सम्बन्धमा छलफल गर्न जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय कार्यकारिणी बैठक सुरु भएको छ । 

बैठक शुक्रबार इमाडोलस्थित इन्द्रणी ब्याङ्क्वेटमा सुरु भएको हो । बैठकमा एमसिसीलगायत राष्ट्रिय राजनीतिका समसामयिक विषयमाथि छलफल हुने भएको छ । 

जसपा नेता प्रकाश अधिकारीले केन्द्रीय कार्यकारिणी बैठकमा स्थानीय तहको निर्वाचन तथा पार्टी दर्ता, एमसिसी, देशको वर्तमान राजनीतिक परिस्थिति, पार्टीको संगठनात्मक कार्यको समीक्षा र समायोजनको सम्बन्धमा छलफल हुने बताए । 

त्यसैगरी बैठकमा कार्यकारिणी समितिमा पदपूर्ति, कार्यकारिणी समितिको पदमान र कार्यविभाजन, नेतृत्व प्रणाली, पार्टीको विधान अधिवेशन, सुज अभियान, सरकार तथा पार्टीका मन्त्रीहरूको कार्य समीक्षा र केन्द्रीय समिति तथा संघीय परिषद्को बैठकको सम्बन्धमा पनि बैठकमा छलफल हुने उनले जानकारी दिए
शुक्रबार ढिलोगरी सुरु भएको जसपा केन्द्रीय कार्यकारिणी बैठक लम्बिने सक्ने नेता अधिकारीले बताए ।

सत्तारुढ सबै राजनीतिक दलहरूले एमसीसीको सम्बन्धमा धारणा स्पष्ट गरिसकेको भए पनि जसपाले यसबारे हालसम्म औपचारिक धारणा स्पष्ट पार्न सकेको छैन । पार्टीमा अध्यक्षद्वय उपेन्द्र यादव र डा. बाबुराम भट्टराईबीच एमसीसीको विषयमा फरक फरक मत रहेको नेताहरुले बताउने गरेका छन् ।
 





  • प्रकाशित मिति : फागुन १३, २०७८ शुक्रबार १८:३९:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया