नेपाली क्रिकेट टोली स्वदेश फिर्ता
फरकधार / १३ फागुन, २०७८
तस्वीर - न्युज कारखाना

ट्वान्टी-२० विश्वकप क्रिकेट छनोट खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ ।



ओमानको मस्कटमा भएको खेलमा नेपालले तेस्रो स्थान हात पारेको थियो । शुक्रबार साँझ टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

विश्वकप छनोट खेलको सेमिफाइनलसम्म पुगेको नेपाली टोली बुधबार युएईसँग पराजित बनेको थियो ।  



क्यानडालाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको नेपाली टोली यूएईसँग पराजित भएपछि विश्वकप छनोटको यात्रा टुंगिएको थियो ।



शुक्रबार साँझ नेपाली टोलीका प्रशिक्षक पुबुदु दसानायाकेसहित खेलाडी टोलीलाई अभिनन्दन गर्दै स्वागत गरिएको थियो ।

  • प्रकाशित मिति : फागुन १३, २०७८ शुक्रबार २०:१५:२,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया