रुसले राष्ट्रसंघमा शक्तिको दुरुपयोग गरेकाे ५० देशकाे आराेप
फाइल फाेटाे

संयुक्त राष्ट्रसंघका १९३ सदस्यमध्ये ५० राष्ट्रले संयुक्त विज्ञप्ति जारी गरी रुसमाथि शक्तिको दुरुपयोग गरेको आरोप लगाएका छन् । 

शुक्रबार राष्ट्रसंघको सुरक्षा परिषदमा रुसले भिटो प्रयोग गरी शक्तिको दुरुपयोग गरेको आरोप अमेरिका लगायतका ५० राष्ट्रले लगाएका हुन् । 

शुक्रबार राति पश्चिमी देशले सुरक्षा परिषद्‍मा युक्रेनमाथि रुसले गरेको आक्रमणविरुद्ध निन्दा प्रस्ताव लगेका थिए ।  

प्रस्तावको पक्षमा ११ देशले मतदान गरेका थिए भने चीन, भारत र युनाइटेड अरब इमिरेट्स (युएई) तटस्थ बसेका थिए । त्यसपछि रुसले उक्त प्रस्तावमाथि भिटो प्रयोग गरेको थियो । 

राष्ट्रसंघका ५ स्थायी सदस्य रुस, अमेरिका, चीन, फ्रान्स र बेलायतलाई भिटो प्रयोग गर्न पाउने अधिकार रहेको छ । रुसले भिटो प्रयोग गरेपछि अब उक्त निन्दा प्रस्ताव अघि बढ्ने छैन । 

रुसले भिटो प्रयोग गरेपछि ५० देशले संयुक्त विज्ञप्ति जारी गरी रुसले शक्तिको दुरुपयोग गरेको आरोप लगाएका हुन् । विज्ञप्ति राष्ट्रसंघका लागि अमेरिकी राजदूत लिन्डा थोमस–ग्रिनफिल्डले पढेर सुनाएकी थिइन् । 





  • प्रकाशित मिति : फागुन १४, २०७८ शनिबार ८:१४:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया