सवारी दुर्घटनामा परी वडा अध्यक्ष कार्कीको निधन
सांकेतिक तस्बीर

सुर्खेतमा सवारी दुर्घटनामा परी वडा अध्यक्षकाे निधन भएकाे छ ।

भेरीगंगा नगरपालिका-१ का वडा अध्यक्ष नवराज कार्कीको निधन भएको हाे ।

दुर्घटनामा परी गम्भीर घाइते भएका कार्कीको उपचारका क्रममा शुक्रबार राति १०ः३० बजे काठमाडौंको न्युरो अस्पतालमा निधन भएको हो । 

फागुन ८ गते रत्न राजमार्गको भेरीगंगा नगरपालिका-१२ छिन्चुमा उनी सवार भे ६ प ४४०१ नम्बरको मोटरसाइकललाई नेपालगंजबाट सुर्खेत आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०५४६ नम्बरको फोर्स गाडीले ठक्कर दिदाँ वडा अध्यक्ष कार्कीसहित स्थानीय भुपेन्द्र शाही घाइते भएका थिए । 

टाउकोमा गम्भीर चोट लागेको कार्कीको कर्णाली प्रदेश अस्पतालमा उपचार हुन नसकेपछि हेलिकप्टर चार्टर गरेर थप उपचारका लागि काठमाडौं लगिएको थियो । 

विसं.२०४८ सालमा जन्मिएका कार्की माओवादी केन्द्रबाट २०७४ सालमा वडा अध्यक्षमा विजयी भएका थिए ।
 





  • प्रकाशित मिति : फागुन १४, २०७८ शनिबार ९:४२:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया