कोरोना खोपलाई सबैको पहुँचमा र सस्तो बनाउन परराष्ट्रमन्त्री खड्काले गरे आह्वान

परराष्ट्रमन्त्री डा. नारायण खड्काले कोरोना महामारी विश्वव्यापी साझा समस्या भएको जनाउँदै खोपलाई सबैको पहुँचमा र सस्तो बनाउन विश्व समुदायलाई आह्वान गरेका छन् । 

विश्वव्यापी खोपको लागि ग्याल्भेनाइजिंग मोमेन्टमको उच्च-स्तरीय कार्यक्रमलाई भर्चुअल सम्बोधन गर्दै उनले महामारीको रोकथामका लागि विश्वव्यापी खोप नै भरपर्दो आधार भएको बताए । 

खोपलाई सबैको पहुँचमा पुर्‍याउन यसको प्रवर्द्धनमा ध्यान दिनुपर्ने उनकाे भनाइ छ । 

परराष्ट्रमन्त्री खड्काले विशेष गरी गरिब देशहरूमा कोरोना महामारीले ठूलो आर्थिक क्षति गरेकोतर्फ ध्यानाकर्षण गरेका थिए । 

गरिव देशहरूको आर्थिक उन्नतिको लागि धनी देशहरूले सघाउनु पर्नेमा उनले जोड दिएका थिए । 

‘हामीले यसै वर्षको अप्रिलसम्म १२ वर्षभन्दा माथिका सबै नागरिकलाई खोप लगाउने लक्ष्य राखेका छौँ’, उनले भने ।



कार्यक्रममा उनले नेपाललाई खोप उपलब्ध गराउने छिमेकी र अन्य मित्र राष्ट्रहरू, विकास साझेदारहरूप्रति आभार प्रकट गरेका थिए । 



  • प्रकाशित मिति : फागुन १४, २०७८ शनिबार १०:३:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया