नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गाेकुल बास्काेटाले देश डुबेपछि मानिसहरूले एमाले खाेज्ने बताएका छन् ।
नेपाल खेलकुद महासंघको प्रदेश अधिवेशनमा बाेल्दै नेता बास्काेटाले यस्ताे बताएका हुन् ।
उनले भने, ‘जब देश डुब्छ मान्छे एमाले खाेज्छ । जब अन्याय हुन्छ मान्छे एमाले खाेज्छ । जब सामाजिक सुरक्षाकाे कुरा आउँछ मान्छे एमाले नै खाेज्छ । अबकाे चुनावमा पनि जनताले एमाले नै राेज्छन् । ’
उनले एमाले नै नेपाली जनताकाे साझा सत्ता भएकाे पनि बताए ।
यसैगरी, नेता बास्काेटाले एकीकृत समाजवादीले स्थानीय चुनावमा एउटा पनि वडा सदस्य जित्न नसक्ने पनि दावी गरेका छन् ।
‘हेरम्ला ! हेरम्ला यसपटक । माधव नेपालकाे पार्टीले एउटा वडा सदस्य पनि जित्दैन।माओवादीकाे यसाे तीन-चार सिट देखिन्छ । त्याे पनि चितवनबाट । माओवादीकाे देशभर निर्वाचन क्षेत्र छैन । कि राेल्पा जानुपर्याे कि रुकुम जानुपर्याे । त्यहाँ पनि भन्न सकिन्न । अब माओवादीकाे खैरियत छैन’, उनले भने ।
बास्काेटाले माओवादी र नेकपा समाजवादीले छेपारे प्रवृत्ति देखाइरहेकाे आराेप समेत लगाए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।