देशभर थपिए १५५ कोरोना संक्रमित, २ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा १५५ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार १५२ नमुनाको पिसिआर तथा एन्टिजेन विधिबाट परीक्षण गर्दा सो संख्यामा कोरोना संक्रमित भेटिएका हुन् ।

सोही अवधिमा ५४० जना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ९ लाख ५५ हजार ९९८ पुगेको छ ।

त्यस्तै, कोरोनाबाट २ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । नेपालमा अहिलेसम्म ११ हजार ९३४ जनाको कोरोनाका कारण ज्यान गएको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ८ हजार ८३९ रहेको  मन्त्रालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।





  • प्रकाशित मिति : फागुन १४, २०७८ शनिबार १६:३४:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया