सिन्धुपाल्चोकको भोटसिपा जाँदै गरेको बस दुर्घटना, १२ जना घाइते

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका ११ मा यात्रुबाहक बस दुर्घटना भएको छ । काठमाडौंबाट जिल्लाको इन्द्रावती​ गाउँपालिकास्थित भोटसिपा जान लागेको बस दुर्घटनामा परेको हो । 

हेलम्बु यातायातको बा२ख ६५८८ नम्बरको बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन । घाइतेहरुको उद्धार जारी छ । 

स्थानिय युवाहरुले घाइतेहरुको उद्धार गरिरहेका छन । दुर्घटना लगत्तै प्रहरीहरु घटनास्थलमा पुगेका छन् । घाइतेमध्ये तीन जना गम्भीर भएकालाई धुलिखेल अस्पतालमा उपचारका लागि रिफर गरिएको छ । बाँकी ११ जनाको बाडेगाउँ मेडिकल सेन्टर, ११ मा उपचार भइरहेको छ ।





  • प्रकाशित मिति : फागुन १४, २०७८ शनिबार १८:२९:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया