किभमा नयाँ कर्फ्यू : मेयरको चेतावनी - जो बाहिर निस्किन्छ उनीहरू हाम्रा शत्रु

युक्रेनको राजधानी किभमा स्थानीय समयअनुसार बेलुकी ५ बजेदेखि बिहान ८ बजेसम्म कर्फ्यू लगाइएको छ । यसअघि किभमा राति १० बजेदेखि बिहान ७ बजेसम्म कर्फ्यू लगाइएको थियो ।

किभका मेयर भिटाली क्लिट्स्कोले ट्विटरमार्फत नयाँ कर्फ्यू घोषणा गर्दै चेतावनी दिए 'कर्फ्यूको समयमा सडकमा देखिएका कुनै पनि शहरवासीलाई शत्रु, तोडफोड गर्ने समूहको सदस्य मानिनेछ ।'

शनिबार बिहानै, किभका धेरै क्षेत्रमा विस्फोटको रिपोर्ट आएको थियो । यससँगै धेरै ठाउँमा सडकमा झडपका खबर पनि आएका छन् । किभमा दुईवटा मिसाइल आक्रमणको भएको पनि सञ्चारमाध्यमले उल्लेख गरेका छन् । एउटा मिसाइल अपार्टमेन्टमा प्रहार भएको बताइएको छ ।

यद्यपि, युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले केही समयअघि एक भिडियो सन्देशमा युक्रेनी सेनाले किभ र यसको वरपरका प्रमुख शहरहरूमा पूर्ण नियन्त्रण रहेको बताएका थिए ।





  • प्रकाशित मिति : फागुन १४, २०७८ शनिबार १९:१३:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया