उपेन्द्र पक्ष मौन बस्दा जसपाले एमसिसीबारे धारणा बनाउन सकेन

एमसिसी सम्झौताबारे जनता समाजवादी पार्टी (जसपा)मा साझा धारणा बन्न सकेको छैन। संघीय परिषद अध्यक्ष बाबाुराम भट्टराई पक्षले एमसिसीको वकालत गर्दै आए पनि अध्यक्ष उपेन्द्र यादव पक्ष मौन रहँदा पार्टीले निर्णय गर्न नसकेको हो । 

शुक्रबार र शनिबार ललितपुरको  ग्वार्कोस्थित एक होटलमा बसेको कार्यकारिणीसहितको केन्द्रीय समिति बैठकले पनि उक्त विषयमा निर्णय लिन सकेन । 

शुक्रबार एमसीसीकै विषयमा छलफल गर्ने भनेर कार्यकारिणी सदस्यलाई सम्झौतापत्रसमेत वितरण गरिएको थियो । तर, पार्टी अध्यक्ष नै मौन रहेपछि अन्योलता झेल्नुपरेको एक केन्द्रीय सदस्यले बताए । 

यादवले पार्टीको तर्फबाट सरकारमा को मन्त्री बनाउने भन्ने विषयमा तथा नियुक्ति र जिम्मेवारीका सन्दर्भमा कमिटीलाई जानकारी नै नगराउने गरेको भन्दै भट्टराई पक्षले असन्तुष्टि राख्दै आएको छ । 

शनिबार पनि एमसीसीबारे छलफल नभए पनि आइतबार बिहानै शीर्ष नेताबीच यसमा छलफल हुने बताइएको छ । 





  • प्रकाशित मिति : फागुन १४, २०७८ शनिबार २०:२०:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया