कंगना रनौतको शो ‘लक अप’ मा अदालतको ‘स्टे’

हैदराबादको एक सिटी सिभिल अदालतले कंगना रनौतको आगामी शो लक अपमा रोक लगाएको छ ।

शोलाई कंगना रनौतले होस्ट गर्ने भनिएको थियो । अदालतले अन्तरिम आदेश दिएको छ । शोविरुद्ध सनोबर बागले याचिका दायर गरेका थिए ।

उनले आफ्नो निवेदनमा यो शोको एक मात्र प्रतिलिपि अधिकार धारक आफू भएको बताएका छन्, जसमा कथा, स्क्रिप्ट र कन्सेप्ट पनि आफ्नो भएको उनको जिकिर थियो ।

सुनुवाइका क्रममा कैयौं भिडियो क्लिप र ट्रेलर हेरेपछि अदालतले सुरुमा दुवैमा समानता रहेको ठहर गरेको हो । द लक अप २७ फेब्रुअरी रिलिज हुने तय भएको भए पनि अहिले कतै पनि प्रसारण नगर्न अदालतले आग्रह गरेको छ ।





  • प्रकाशित मिति : फागुन १४, २०७८ शनिबार २०:२१:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया