१० थान सुनका सिक्रीसहित विमानस्थलका कर्मचारी र दुबईबाट आएका व्यक्ति पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा सुनको भन्सार छलीको आरोपमा अध्यागमन विभागका कर्मचारीसहित दुई जना पक्राउ परेका छन् ।

अवैध रूपमा लुकाई छिपाई भन्सार छली लैजान लागेको १ हजार १ सय ६५ ग्राम तौल भएको सुनको १० थान सिक्रीसहित आगमन टनेल गेटबाट शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको थियो। भन्सार पास गराउन सहयोग गरेको अभियोगमा विमानस्थल अध्यागमन कार्यालयमा कार्यरत एक जना कर्मचारी पनि पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सुनसरी इटहरी उपमहानगरपालिका-१६ लविपुर घर भएका ३४ वर्षीय कमल घिमिरे र विमानस्थल अध्यागमन कार्यालयमा कार्यरत नायव सुब्बा लक्ष्मण गुरागाईंले रहेका छन् ।

फ्लाई दुबईको उडानद्वारा दुबईबाट नेपाल आएका घिमिरेलाई जाँच गर्दा उक्त सिक्री लुकाई छिपाई लैजान लागेको अवस्थामा फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानको क्रममा नायव सुब्बा गुरागाईंले अध्यागमन एरियामा रहेको शौचालयमा गई घिमिरेले ल्याएको सुनको सिक्री लिई भन्सार चेकजाँच क्षेत्र पास गराई पुन:सोही क्षेत्रको शौचालयमा गई फिर्ता दिएको खुल्न आएपछि गुरागाईं समेतलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

बरामद सुनको सिक्रीसहित दुवै जनालाई थप अनुसन्धान एवं कारबाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचरण पठाइएको छ ।





  • प्रकाशित मिति : फागुन १४, २०७८ शनिबार २०:४०:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया