रियल मड्रिडको कठिन जित, बेन्जेमाले गरे निर्णायक गोल

स्पेनिस ला लिगाको लिग लिडर रियल मड्रिडले घरेलु टोली रायो भ्यालेकानोमाथि १–० को कठिन जित हात पारेको छ ।

गएराति स्टेडियो डि भ्यालेकसमा सम्पन्न खेलमा ८३ औं मिनेटमा करिम बेन्जिमाले गरेको एक मात्र  गोल रियललाई जित दिलाउन पर्याप्त बन्यो ।

बेन्जोमाले भिनिसियस जुनियरको पासलाई सदुपयोग गरे । यो जितसँगै रियल २६ खेलमा ६० अंक जोडेर शीर्ष तथा पराजित भ्यालेकानो २५ खेलबाट ३१ अंकका साथ १२ औं स्थानमा यथावत छन् ।

लिगअन्तर्गत नै भएका अन्य खेलमा एटलेटिको मड्रिड, लभान्ते र भ्यालेन्सियाले जित हात पार्दा गेटाफेले एलाभेससँग बराबरी खेलेको छ । 






  • प्रकाशित मिति : फागुन १५, २०७८ आइतबार ७:५६:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया