फोडेनको निर्णायक गोलमा सिटीको कठिन जित

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले घरेलु टोली एभर्टमाथि १–० को साँघुरो जित हात पारेको छ । गएराति गुडिसन पार्कमा खेलको ८२ औं मिनेटमा फिल फोडेनले गरेको एक मात्र गोल सिटीलाई जित दिलाउन निर्णायक बन्यो ।

यो जितसँगै सिटी २७ खेलमा ६६ अंकका साथ शीर्ष तथा पराजित एभर्टन २४ खेलबाट २२ अंकका साथ १७ औं स्थानमा यथावत छन् ।

लिगअन्तर्गत नै भएका अन्य खेलमा टोटेनहाम, न्युक्यास युनाइटेड र एस्टन भिल्लाले जित हात पार्दा म्यानचेस्टर युनाइटेडले वाट्फोर्ड तथा क्रिस्टल प्यालेसले बर्नेलीसँग बराबरी खेले ।  






  • प्रकाशित मिति : फागुन १५, २०७८ आइतबार ८:९:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया