एमबाप्पे चम्किदा पिएसजीको शानदार जित

फ्रेन्च लिग वानमा आज बिहान सम्पन्न खेलमा लिग लिडर पेरिस सेन्ट जर्मेन (पिएसजी) विजयी भएको छ । पिएसजीले घरेलु मैदान पार्क डेस प्रिन्सेसमा एक गोललेपछि परेको अवस्थालाई उल्टाउँदै सेन्ट इटिएनमाथि ३–१ को जित हात पारेको हो ।

खेलको १६ औं मिनेटमा डेनिस वोउएंगाले पाहुना टोलीलाई अग्रता दिलाए । ४२ औं मिनेटमा केलियन एमबाप्पेले पिएसजीलाई १–१ को बराबरीमा ल्याए । उनले लियोनल मेस्सीको पासमा गोल गर्न सफल भएका थिए ।

४७ औं मिनेटमा मेस्सीकै पासमा एमबाप्पेले व्यक्तिगत तथा टोलीका लागि दोस्रो गोल गर्दै पिएसजीलाई २–१ ले अघि बढाए । ५२ औं मिनेटमा डानिलो पेरेइराले गोल गर्दै पिएसजीलाई ३–१ को सहज जित दिलाए ।  उनले एमबाप्पेको पासमा गोल गरेका थिए ।

यो जितसँगै शीर्ष स्थानको पिएसजीले २६ खेलमा ६२ अंक जोड्दा पराजित सेन्ट इटिएन  समान खेलबाट २२ अंकका साथ १६ औं स्थानमा छ । 






  • प्रकाशित मिति : फागुन १५, २०७८ आइतबार ८:२९:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया