रुसी हमलामा २४० सर्वसाधारण हताहत : राष्ट्रसंघ

युक्रेनमा भएको रुसी हमलामा कम्तिमा २४० सर्वसाधारणको हताहत भएको राष्ट्रसंघले जनाएको छ । राष्ट्रसंघका लागि मानवअधिकारसम्बन्धी उच्च आयुक्त (ओसीएचसीआर) ले युक्रेन हमलामा कम्तिमा २४० सर्वसाधारणको हताहत भएको जनाएको हो ।

घरहरू र महत्वपूर्ण पूर्वाधारमा क्षति पुगेकोले सयौं मानिसहरू पानी र बिजुलीबाट बञ्चित भएको ओसीएचसीआर जनाइएको छ । राष्ट्रसंघका अनुसार १ लाख ६० हजार युक्रेनी आन्तरिक रूपमा विस्थापित भएर अन्तर्राष्ट्रिय सीमा पार गर्न लागिरहेका छन् । 

रुसी हमलामा ५० लाख मानिस शरणार्थी बन्न सक्ने युक्रेन सरकारको अनुमान छ । राजधानी किभभन्दा बाहिरी सहरमा रहेको भासीलकिभस्थिते तेल डिपो रुसी आक्रमणमा प्रभावित भएको छ । 

गोलाबारी र बम हमलामा क्षतिग्रस्त सो डिपोबाट विषालु धुँवा निस्किरहेको भन्दै राष्ट्रसंघले मानिसलाई घरभित्रै बस्न आह्वान गरेको छ । राजधानी किभका बासिन्दाहरू यसअघि नै ज्यान जोगाउन भूमिगत आश्रयमा शरण लिइरहेका छन् । 

रुसी सेनाले युक्रेनका विभिन्न शहरहरूमा हमला गरिरहेको छ ।  





  • प्रकाशित मिति : फागुन १५, २०७८ आइतबार ९:२२:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया