बेलायती राजकुमार विलियम र उनकी पत्नी डचेस अफ केम्ब्रिज केटले युक्रेनको समर्थन गरेका छन् । एउटा ट्विट राजकुमार विलियम र डचेस अफ केम्ब्रिज केटले आफूहरू हालै भएको युक्रेन भ्रमणको समेत स्मरण गरेका छन् ।
‘भविष्यका लागि उनीहरू लडाइँ गरिरहेका बेला हामी राष्ट्रपति र युक्रेनी जनताको पक्षमा उभिएका छौँ,’ उनले ट्विट गरेका छन् । राजकुमार विलियमले सन् २०२० को अक्टोबरमा आफूहरूले राष्ट्रपति भोलोदिमिर जलेन्स्की र प्रथम महिलासँग भएको रमाइलो भेटघाटसमेत स्मरण पनि गरेका छन् ।
उत्तर एटलान्टिक सन्धि संगठन नेटोको सदस्य राष्ट्र बेलायत युक्रेनमा हाल भइरहेको रुसी हमलाको विरोध गरिरहेका पश्चिमा साझेदार राष्ट्रहरूमा महत्वपूर्ण सदस्य हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।