युक्रेनमाथि रुसले चौथो दिन पनि हमला जारी राखेको छ । रुस र युक्रेनबीचको तनाव झनै बिग्रँदै गएको छ ।
रुसी सेनाले युक्रेनको राजधानी किभलाइ चारैतिरबाट घेरा हालेको छ । बिहीबारदेखि सुरु भएको युद्धमा कम्तीमा २४० जनाको हताहत भएको राष्ट्रसंघले जनाएको छ । तर, यो संख्या अझै बढी हुनसक्ने अनुमान गरिएको छ।
पूर्वी युक्रेनको दोनेतस्क क्षेत्रमा ४० भन्दा बढी युक्रेनी सैनिकहरूले आत्मसमर्पण गरेको विवरण सार्वजनिक भएका छन् ।
चार देशसँग हवाई क्षेत्र बन्द
रुसले लिथुआनिया, लातभिया, इस्टोनिया र स्लोभेनियाका विमानहरूका लागि आफ्नो हवाइ क्षेत्र बन्द गरेको छ ।
उता, जर्मनीले युक्रेनलाई एक हजार हतियार, पाँच सय ‘स्टिङगर’, र सतहबाट हावामा मार हान्ने क्षेप्यास्त्र उपलब्ध गराउने घोषणा गरेको छ । रुसी ट्यांकको प्रतिकार गर्न जर्मनीले सो सहयोग प्रदान गर्ने भएको हो ।
जर्मनीले रुससँगको हवाइ उडान पनि रद्द गर्ने भएको समाचार एजेन्सी एएफपीले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।