एमसिसीमार्फत गठबन्धन भत्काउने ओलीको प्रयास ‘असफल’ !
फाइल तस्वीर

राजनीतिक दलहरूकाबीच लामो रस्साकस्सी हुँदाहुँदै अन्ततः प्रतिनिधिसभाबाट एमसिसी सम्झौता पास हुने भएको छ ।

एमसिसी सम्झौता संसदमा टेबल भइसकेपछि पनि प्रधानमन्त्री शेरबहादुर देउवा निकै दौडधुपमा व्यस्त भए । उनले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि यो बीचमा पटक–पटक भेटवार्ता गरे ।

शनिबार साँझ पनि एमाले अध्यक्ष ओलीलाई भेट्न प्रधानमन्त्री देउवा आफू निकटका नेताहरुले लिएर बालकोट पुगेका थिए । प्रधानमन्त्री देउवा एमसिसी पास गर्न सहयोग मागिरहँदा ओलीले भने आफ्ना मागहरु तेर्स्याएका थिए । एमालेको माग सभामुखलाई महाभियोग, आफ्ना १४ सांसदलाई कारबाहीको सूचना टाँकसम्मका थिए ।

कांग्रेससँग ती मागहरु त ओलीले हाकाहाकी माग राखेका थिए । प्रतिनिधिसभाको नवौं अधिवेशनदेखि नै संसद अवरोध गर्दै आएको एमालेको खास उद्देश्य भने–गठबन्धन जसरी टुटाउनु थियो ।

प्रयास असफल

पूर्वप्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओली अदालतको आदेशबाट सत्ताबाट बाहिरिएका थिए । संघीयसहित सातै प्रदेशका सरकारमा गठबन्धन बनेपछि व्यहोर्नुपरेको क्षति गठबन्धन टुटाएर मात्रै पूरा गर्ने ध्याउन्नमा एमालेका मागहरु अघि सरेका थिए ।



एमाले नेताहरुले पनि अहिलेको गठबन्धनको कुनै औचित्य नभएको भन्दै यो टुट्न आवश्यक रहेको बताउँदै आएका थिए ।

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिपक्षी दल एमालेसँग बाक्लो उठबस गर्न थालेपछि झस्किएका प्रचण्ड र माधव । उनीहरु व्याख्यात्मक घोषणासँगै एमसिसी पास गर्न तयार देखिएपछि अन्ततः ओलीको गठबन्धन टुटाउने प्रयास तत्कालका लागि टरेको छ । यस अघिदेखि नै निरन्तर गठबन्धन टुट्न नहुने र अन्तिमसम्म प्रयास गरिरहने प्रचण्ड र नेपाल दुवैको सार्वजनिक अभिव्यक्ति थियो ।



सत्ता गठबन्धन र प्रतिपक्षी एमालेसँग समानान्तर भेटघाट भने कांग्रेसका नेताहरुले चलाखीपूर्ण तरिकाले गरिरहेका थिए । कांग्रेस महामन्त्री गगन थापा, सह–महामन्त्री पूर्ण बहादुर खड्का, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की लगायतका नेताहरु यसको तयारीमा थिए । महामन्त्री थापाले नै गठबन्धनको बैठकमा ‘व्याख्यात्मक घोषणा’को तयारी गरेका थिए ।

 


  • प्रकाशित मिति : फागुन १५, २०७८ आइतबार १३:३०:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया