युरोप ग्यास पठाउने पाइपलाइनमा रुसले प्रहार गर्‍यो मिसाइल
photo : EPA

रूसी सेनाले युक्रेनको तेल र ग्यासका पूर्वाधारमा आक्रमण गरेको छ ।

राजधानी किभबाट ३० किलोमिटर टाढा रहेको भासिल्किएभ आयल टर्मिनलमा मिसाइल प्रहार गरिएको हो ।

आक्रमणको भिडियो फुटेजमा टर्मिनलमा आगलागी भएको प्रष्ट देख्न सकिन्छ । यो हमलापछि पूरै क्षेत्रमा आँधी फैलिएको छ । राजधानी किभमा विषाक्त हावाको चेतावनी जारी गरिएको छ । सहरका मेयर नतालिया बालासिनोविचले समाचार एजेन्सीहरूलाई शत्रुहरूले सबै नष्ट गर्न लागिपरेको बताए ।

युक्रेनको पूर्वमा रूस समर्थित विद्रोहीले रोभेन्की सहरमा रहेको एउटा तेल टर्मिनल पनि उडाएका छन् । युक्रेनका धेरै भागबाट यस्ता आक्रमणहरू भइरहेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

रूसी सेनाले युक्रेनको पूर्वमा रहेको देशको दोस्रो ठूलो सहर खार्किभमा रहेको प्राकृतिक ग्यास पाइपलाइनलाई विस्फोट गराएको छ । यो सहर रूसी सिमाना नजिक छ । यो पाइपलाइन उडाएपछि रूसी ग्यास युरोप पुग्छ कि हुँदैन भन्ने स्पष्ट छैन





  • प्रकाशित मिति : फागुन १५, २०७८ आइतबार १३:४२:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया