बहुचर्चित अमेरिकी सहयोग परियोजना संघीय संसदको प्रतिनिधिसभाबाट पास गर्ने तयारी चलिरहेको छ । जसका लागि सत्तारुढ गठबन्धनले ‘व्याख्यात्मक घोषणा’सहित एमसिसी संसदबाट पास गर्ने सहमति गरिसकेको छ ।
सोहीअनुरुप अहिले संसद सचिवालयमा गृहकार्य भइरहेको छ । संसद सचिवालय स्रोतका अनुसार आजको बैठक केहीबेर ढिला गरी सुरु हुनेछ । यद्यपी बैठक भने १ बजेका लागि आह्वान भएको थियो ।
सत्तारुढ गठबन्धनका नेताहरुबीच सहमति नभएपनि प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिपक्षी एमालेको साथ खोजेका थिए । ओलीसँगको सहकार्यसँग झस्किएका सत्तारुढ माओवादीका अध्यक्ष प्रचण्ड र नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल झस्किए । गठबन्धन टुट्दा हुने राजनीतिक घाटाको मुल्यांकन गरेका प्रचण्ड–नेपालले फेस सेभिङ गर्नेगरी व्याख्यात्मक घोषणा गरेका हुन ।
माओवादी र समाजवादीभित्र शीर्ष तहका नेताहरु नै पार्टीको यो लचक निर्णयविरुद्ध बोलिरहेका छन । माओवादीमा लीलामणि पोखरेल, गिरिराजमणि पोखरेल, नारायणकाजी श्रेष्ठ, देव गुरुङ लगायतका नेताहरुले असहमति राखेका छन । उता, नेकपा एसका वरिष्ठ नो झलनाथ खनालले एमसिसी कुनै हालतमा संसदबाट अनुमोदन हुन नहुने बताउँदै आएका छन ।
गठबन्धनका नेताहरुबीच भएको गठबन्धनका बुँदाहरुमा के के उल्लेख छन ?
१) एमसिसीलाई अमेरिकी सैनय रणनीति (आइपीएस) को अंग नमान्ने ।
२) एमसिसी नेपालको संविधान र कानुनभन्दा माथि नरहने ।
३) आर्थिक सहातयाका रुपमा मात्रै लिनुपर्ने ।
४) लेखापरीक्षण नेपालको महालेखा नियन्त्रक कार्यालयले गर्नुपर्ने ।
५) यसअघि अर्थ मन्त्रालयले तयार गरेका व्याख्यात्मक टिप्पणीका बुँदाहरु नै समेटिनुपर्ने ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।