'व्याख्यात्मक घोषणा'सहित एमसिसी पारित गर्ने नेकपा 'एस'को निर्णय
फाइल तस्वीर

नेकपा एकीकृत समाजवादी अमेरिकी सहयोग परियोजना एमसिसी अनुमोदन गर्ने निर्णय गरेको छ ।

आइतबार बसेको स्थायी कमिटी बैठकले 'व्याख्यात्मक घोषणा'सहित एमसीसी पारित गर्ने निर्णय गरेको हो । 

पार्टी सचिव तथा सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले व्याख्यात्मक टिप्पणीसहित एमसिसी पारित गर्ने बैठकले निर्णय गरेको जानकारी दिइन् । 

सत्ता गठबन्धनले आइतबार व्याख्यात्मक घोषणासहित एमसिसी संसदबाट पारित गर्ने निर्णय गरेको थियो । 

त्यस्तै, सत्ता साझेदार अर्को दल नेकपा माओवादी केन्द्रले पनि एमसिसी पारित गर्ने निर्णय गरेको छ ।

आजको संसद बैठकबाट एमसिसी पारित गर्ने सरकारको तयारी छ ।





  • प्रकाशित मिति : फागुन १५, २०७८ आइतबार १४:५३:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया