एमसिसीको समर्थन गर्नेहरू राष्ट्रिय गद्दार बनेर इतिहासमा अंकित हुनेछन् : रावल
फाइल फाेटाे

नेकपा एमालेका नेता भीम रावलले एमसिसी सम्झौता एमालेको नाराबाजीकाबीच प्रस्तुत गर्न देशप्रतिको गद्दारी भएको टिप्पणी गरेका छन । 

प्रतिनिधिसभाको एमसिसी सम्झौतामाथिको सामान्य छलफलमा समय लिएर बोल्दै रावलले भने,‘यत्रो राष्ट्रिय स्वाधीनतासँग सम्बन्धित विषय यस्तो होहल्लाको बीचमा प्रस्तुत गर्नु भनेको देशप्रतिको गद्दारी हो, जनताप्रतिको धोका हो । नेपाल राष्ट्रको अपमान हो ।’

उनले यस्तो अपमान गर्ने सरकार इतिहासमा देशघाती बनेर दर्ज हुने बताए । ‘यस्तो अपमान गर्ने सरकार इतिहासमा देशघाती बनेर दर्ज हुन्छन् । यसमा जसले समर्थन गर्छन् तिनीहरू राष्ट्रिय गद्दार बनेर नेपालको इतिहासमा अंकित हुनेछन्’, उनले भने । 

उनले राष्ट्रघाती प्रावधानहरु सच्याउने प्रयास गर्नु जनतालाई ठग्नु भएको भन्दै भने, ‘संकल्प प्रस्ताव गरेर व्याख्यात्मक टिप्पणीबाट सम्झौताका राष्ट्रघाती प्रावधानहरु सच्याउने प्रयास गर्नु जनतालाई ठग्नु मात्रै हो । महाकाली सन्धी अनुमोदन गर्ने बेलामा भएको निरर्थक संकल्प प्रस्ताव जस्तै हो ।’





  • प्रकाशित मिति : फागुन १५, २०७८ आइतबार १५:३८:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया