प्रतिनिधिसभा बैठकमा लामो समयदेखि विरोधमा नाराबाजी गर्दै आएको एमालेले आइतबार पनि निरन्तरता दिइरहेको छ । जारी प्रतिनिधिसभा बैठकमा एमाले सांसदले नाराबाजी गरिरहेका हुन् ।
यसअघि शुक्रबार निर्वाचन आयोगमा दल दर्ता गरेर फर्किने क्रममा महासचिव शंकर पोखरेलले आफूहरूको माग पूरा नभएसम्म एमाले संसदीय प्रक्रियामा सहभागी हुने बताएका थिए । तर, आइतबार एमालेका माग पूरा नभए पनि एमाले सांसद भीम रावल संसद्को प्रक्रियामा सहभागी भएका छन् ।
एमसिसी सम्झौतामाथिको सैद्धान्तिक छलफलमा सहभागी हुँदै रावलले कुनै पनि सर्तमा एमसिसी अनुमोदन गर्न नहुनेमा अडान राखे । सम्झौतामा रहेका राष्ट्रहितविपरीतका बुँदा हटाउने वा संशोधन गर्नुपर्ने भन्दै उनले व्याख्यात्मक टिप्पणीसहित घोषणा गरेर एमसिसी पारित गर्नु भन्नु राष्ट्रहितविपरीत रहेको दाबी गरे ।
रावलले एमसिसी सम्झाैता जनताप्रतिकाे धाेका र गद्दारी भएकाे समेत उनले टिप्पणी गरे । एमालेले चर्काे नाराबाजी गरिरहँदा साेही पार्टीका सांसद रावलले भने एमसिसीमाथिकाे छलफलमा भाग लिएर दलकाे निर्णयमाथि चुनाैती दिएका छन् ।
अहिले नेकपा (एकीकृत समाजवादी)का झलनाथ खनालले एमसिसीमाथिको सैद्धान्तिक छलफलमा सहभागी हुँदै आफ्नो धारणा राखिरहेका छन् । उनले पनि एमसिसी राष्ट्रहितविपरीत रहेको दाबी गरे।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।