पछिल्लो २४ घण्टामा देशभर थप १११ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ।
देशभरका विभिन्न प्रयाेगशालामा गरिएकाे परीक्षणपश्चात् थप १११ जनामा संक्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
देशभर ९ हजार ७१० जनाकाे नमुना परीक्षण गरिएकाे थियाे ।
यसैगरी थप एक जना काेराेना संक्रमितले ज्यान गुमाएका छन् । यससँगै नेपालमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या ११ हजार ९३६ पुगेकाे छ ।
यही अवधिमा ४१५ जना संक्रमणमुक्त भएका छन् भने हाल देशभर ८ हजार ५१७ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएकाे छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।