काठमाडौं– सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत आज भएको खेलमा जावलाखेल युथ क्लबले सशत्र प्रहरीको एपिएफ क्लबलाई हराएको छ ।
हल्चोकस्थित एपिएफको मैदानमा जावलाखेलले एपिएफलाई १–० गोलअन्तरले हरायो ।
जावलाखेलका लागि विदेशी खेलाडी ओलालेकन आफिज लावलले निर्णायक गोल गरे । उनले खेलको ५९औँ मिनेटमा गोल गरे ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।
‘म्यान अफ द म्याच’ बनेका जावलाखेलका राकेश हमालले १० हजार नगद हात पारे ।
जितसँगै जावलाखेल ७ अंंकसहित १०औँ स्थानमा उक्लिएको छ । १० अंक जोडेको एपिएफ आठौँ स्थानमा छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।