क्रिकेट टाेलीकाे बन्द प्रशिक्षणका लागि २० खेलाडीलाई बाेलाइयाे

आईसीसी पुरुष विश्वकप क्रिकेट लिग -२ अन्तर्गत युनाईटेड अरब इमिरेट्स (युएई) मा हुने एकदिवसीय सिरिजका लागि नेपालले २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ ।

नेपाली राष्ट्रिय क्रिकेट टाेलीका मुख्य प्रशिक्षक पुबुदु दशानायकेले २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएकाे नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार जानकारी दिएकाे हाे ।

सिरिजमा आयोजक  युएई, नेपाल र  पपुवा न्यूगिनी (पिएनजी) सहभागी छन् । नेपालले  १६ मार्चमा  पिएनजीविरुद्ध खेल्दै सिरिजकाे सुरूवात गर्नेछ ।

नेपालले दोस्रो खेल युएईविरुद्ध १८ मार्चमा खेल्नेछ ।  नेपालको तेस्रो खेल युएईविरुद्ध नै २१ मार्च तथा अन्तिम खेल पिएनजीविरुद्ध २२ मार्चमा हुनेछ । लिग -२ मा  ७ टाेली सहभागी छन् ।

ओमान २३ खेलबाट ३० अंक जोड्दै तालिकाको शीर्ष स्थानमा रहँदा नेपाल ८ खेलबाट ८ अंक जोड्दै छैठौं स्थानमा छ ।

बन्द प्रशिक्षणमा रहेका खेलाडी :



सन्दीप लामिछाने, ज्ञानेन्द्र मल्ल, दिपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल,आरिफ शेख, विनोद भण्डारी, रोहितकुमार पौडेल,करण केसी, सोमपाल कामी, आसिफ शेख, कमलसिंह ऐरी, विवेक यादव, सागर ढकाल, गुल्सन झा, विक्रम सोब,भिम सार्की, पवन सर्राफ, सुशन भारी, राजु रिजाल र अनिलकुमार शाह



  • प्रकाशित मिति : फागुन १५, २०७८ आइतबार १८:५१:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया