रुससँग लडिरहेको युक्रेनलाई जापानका अर्बपतिले दिए १ अर्ब

रुससँग लडिरहेको युक्रेनलाई जापानका एक अर्बपतिले १ अर्बभन्दा बढी रकम दान गरेका छन् ।

रुसी आक्रमण ‘लोकतन्त्रका लागि चुनौती भएको’ भन्दै जापानी अर्बपति हिरोसी ‘मिकी’ मिकितानीले आइतबार एक पत्रमार्फत युक्रेनको सरकारलाई ८७ लाख अमेरिकी डलर (एक अर्ब ४४ करोड नेपाली रुपैयाँ) दान गर्ने घोषणा गरेका हुन् । 

मिकितानीले आफ्नो पत्रमा लेखेका छन्, ‘मेरो मन तपाईं र युक्रेनी जनतासँगै छ, शान्तिपूर्ण एवं लोकतान्त्रिक युक्रेनलाई विनाकारण बलपूर्वक कुल्चनु लोकतन्त्रका लागि चुनौती हो ।’

उनले आफ्नो पत्रमा लेखेका छन्, ‘रुस र युक्रेनले यो विषयलाई शान्तिपूर्ण तरिकाले समाधान गर्ने र चाँडोभन्दा चाँडो युक्रेनी नागरिकले शान्तिको महसुस गर्ने आशा राखेको छु ।’





  • प्रकाशित मिति : फागुन १५, २०७८ आइतबार १९:५:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया