जबर्जस्ती करणीको आरोपमा पक्राउ परेका भगतकी श्रीमती भन्छिन्- मेरा श्रीमान् निर्दोष छन्

जबर्जस्ती करणीको आरोपमा पक्राउ परेका आफ्ना श्रीमान् निर्दोष रहेको उनकी श्रीमतीले दाबी गरेकी छन् । जनकपुरधाम वडा नम्बर–५ बस्ने एक बालिकालाई फागुन ७ गते करणी गरेको भनी झुटो आरोप आफ्नो श्रीमानमाथि लगाइएको उनको दाबी छ ।
 
श्रीमान् सोनुकुमार भगत र ६ वर्षीय छोरासहित ८ वर्षदेखि जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–४ मा बस्दै आएकी रुबीदेवी भगतले फागुन ११ गते दिउँसो ३ बजेको समयमा आफ्नो श्रीमानलाई फोन गरी विश्वकर्मा चोकमा बोलाई त्यहाँबाट प्रहरीले समातेर लगेको घटनाले आफू अचम्मित भएको बताइन् । 

आइतबार जनकपुरधाममा पत्रकार सम्मेलनको आयोजना गरी उनले सो दिन आफ्नो श्रीमान् वीरगञ्ज गएको र सुनियोजित रुपमा उनलाई फसाउन षड्यन्त्र गरिएको दाबी गरिन् । उनले घटनाको सत्य तथ्य छानबिन गरी निर्दोषलाई नफसाउन स्थानीय प्रशासनसँग आग्रह गरेकी छन् । 

उनले भनिन,‘मेरो जीवनको सहारा न छिनियोस् भनेर यहाँहरुमार्फत सम्बन्धित सबैसँग आग्रह गर्न चाहन्छु । मेरो श्रीमानलाई फसाई थुनामा पुर्याएकोमा परिवार छिन्नभिन्न हुने भएको छ ।’

उनले आफ्नो श्रीमानलाई बलात्कार काण्डमा फसाएर सम्पत्ति हडप्ने नियतका सम्प्रदाय पक्षधरहरु रहेकाले सो षड्यन्त्रअन्तर्गत नै योजनाबद्ध रुपमा यस्तो खेल रचेको जिकिरसमेत गरिन् । 

‘निर्दोषलाई फसाएर सम्पति हात पार्ने षड्यन्त्र गरिएको छ, मेरो ससुराले आर्जेको जग्गाहरु कैयन कित्ता वर्तमान समयमा करोडौँ मूल्यको भएको छ । त्यसमाथि विपरीत समुदायका केही तत्वको कुदृष्टि पहिलादेखि नै जमेको छ,’ उनले भनिन्, ‘सो स्वार्थसिद्ध गर्न विपरीत सम्प्रदायका केही तत्वहरु आ–आफ्नो फाइदा उठाउन बलात्कारजस्ता संगीन अपराधमा मेरो पतिलाई फसाएर सम्प्रदायिक रुपमा हामीलाई उठीबास गराउने षड्यन्त्र गरेका छन् ।’
 





  • प्रकाशित मिति : फागुन १५, २०७८ आइतबार १९:३४:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया