रुसविरुद्ध युक्रेनले गुहार्यो अन्तर्राष्ट्रिय अदालत

युक्रेनले आफ्नो मुलुकविरूद्ध रूसले गरिरहेको हमलाविरुद्ध अन्तर्राष्ट्रिय अदालत ‘द हेग’लाई गुहारेको छ । बिहीबार सुरु भएको रूसी सैनिक परिचालन रोक्न माग गर्दै युक्रेनले न्यायका लागि अन्तर्राष्ट्रिय न्यायालयलाई आग्रह गरेको हो । 

रूसलाई ‘आक्रमण’ रोक्न आदेश दिन उच्च अदालतलाई आग्रह गरेको युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले ट्विटरमार्फत जानकारी दिएका छन् । यस विषयबारे उनले भने,‘युक्रेनले रूसविरुद्ध आफ्नो आवेदन अन्तर्राष्ट्रिय अदालत (आइसिजे)मा पेस गरेको छ। आक्रामक गतिविधिबारे सफाइ दिन जातीय संहारको धारणालाई छलकपट गरेकोमा रूसलाई जवाफदेही ठहर्याउनुपर्छ। हामीले आइसिजेसँग रूसलाई अहिले नै सैन्य गतिविधि बन्द गर्न र अर्को हप्ता मुद्दामा सुनुवाइ हुनेगरी तत्काल निर्णय गर्न अनुरोध गर्छौं।’

आक्रमण र जातीय संहारको अवधारणालाई विकृत गरेकोमा रूसलाई जवाफदेही ठहर्याउन माग गर्दै युक्रेनले द हेगस्थित संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय न्यायलयमा आधिकारिक रूपमा रूसविरुद्ध मुद्दा दायर गरेको हो। 





  • प्रकाशित मिति : फागुन १५, २०७८ आइतबार १९:४७:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया