द्वन्द्वका कारण ५ वर्षमा १५ हजार बालबालिका ‘बेपत्ता’

सुडान– सुडानमा द्वन्द्वका कारण अविभावकविहीन भएका र बेपत्ता भएका बालबालिकाको सङ्ख्या १५ हजार पुगेको तथ्यांक सार्वजनिक भएको छ । 

युनिसेफले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार गत पाँच वर्षको अवधिमा ती बालबालिकाहरु आफ्ना आमाबुबा तथा पारिवारिक सदस्यबाट छुटेका तथा बेपत्ता भएका छन् । 

द्वन्द्वका कारण अरु ४० लाख मानिस विस्थापित भएका छन्, जसमध्ये अधिकांश बालबालिका रहेका जनाइएको छ । 

विस्थापित भएका, बाबुआमाबाट छुट्टिएका र बेपत्ता भएका बालबालिकाहरु बलात्कार र अन्य विभिन्न हिंसाको सिकार हुने गरेको पनि युनिसेफले जनाएको छ । 





  • प्रकाशित मिति : मंसिर २७, २०७५ बिहीबार २१:३३:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया