प्रधानमन्त्री देउवालाई रावलको प्रश्न : महाकाली सन्धिको संकल्प प्रस्ताव कहाँ छ ?

नेकपा एमालेका सांसद भीम रावलले महाकाली सन्धिको संकल्प प्रस्तावबारे प्रश्न उठाएका छन् । प्रतिनिधिसभाको बैठकमा एमसिसी सम्झौताको अनुमोदनका लागि प्रस्तुत भएको प्रस्तावमाथिको छलफलमा भाग लिँदै रावलले सरकार इमानदार नभएको आरोप लगाए । 

एमसिसी सम्झौता राष्ट्रघाती भएको उनको आरोप छ । ‘आधा घन्टा समय दिनुस्, मूल कम्प्याक्ट सम्झौता कसरी राष्ट्रघाती छन् ? अमेरिकी वर्तमान कानुन र भविष्यको कानुन हाम्रो सामु कसरी लागू हुन्छ, कसरी हाम्रो भूमिमाथि विदेशी हस्तक्षेप हुन्छ सबै भन्छु ।’

उनले महाकाली सन्धि भएको २५ वर्षमा आइपुग्दा नेपाली भूमि भारतको कब्जामा रहेको सुनाउँदै भने, ‘नेपाली जनतालाई महाकाली सन्धिमा संकल्प प्रस्ताव भनिएको थियो । कहाँ छ त्यो संकल्प प्रस्ताव ? म प्रधानमन्त्री शेरबहादुर देउवाज्यूलाई नागरिकको प्रश्न सोध्न चाहन्छु, आज २५ वर्ष भयो महाकाली सन्धि भएको, हाम्रो लिम्पियाधुरा, लिपुलेक भारतको कब्जामा छ ।’

सरकार इमानदार भएको भए संविधान मिचेर रातारात एमसिसी पास गर्न नलाग्ने दाबी गरे । ‘म चुनौती दिन्छु । को यो विद्वान् यो सरकारका सल्लाहकार हुनुहुन्छ आउनुस् । यी सबै सम्झौताका दस्ताबेज ल्याएको छु । मलाई त्यसका लागि समय दिइन्छ ? मलाई थाहा छ जसले हतार–हतारमा यत्रो ठूलो जनताले उठाएको विषयलाई हतार–हतार पारित गर्न खोजिँदै छ,’ रावलले भने ।






  • प्रकाशित मिति : फागुन १५, २०७८ आइतबार २०:३१:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया